Tuesday, April 17, 2012

Sperms Demand of Bollywood Actor: John Abraham

बलिउड अभिनेता जोन अब्राहमको वीर्य मागियो
बलिउड अभिनेता जोन अब्राहमलाई हट हिरोका रुपमा चिनिने गरिन्छ । उनको सुगठिलो शरीरलाई देखेर लट्ठ हुने युवतीको जमात पनि धेरै रहेको बताइन्छ । नेपालमा पनि जोनका प्रशंसक थुप्रै भेटिन्छन् ।

हालै भारतको चन्डीगढमा रहेको शुक्रकीट उत्पादन कम्पनीले अभिनेता जोनको शुक्रकीट माग गरेको छ । उक्त कम्पनीले आफ्नो शुक्रकीट बैंकको लागि जोनको शुक्रकीट लिने इच्छा जाहेर गरेको हो । उक्त कम्पनीले एक निसन्तान जोडीको लागि जोनको शुक्रकीट माग गरेको हो । तर, जोनले भने आफ्नो शुक्रकीट दिने नदिने विषयमा केही बताएका छैनन् । त्यस्तै एक महिलाले जोनको शुक्रकीट मागगर्दै उनलाई पत्र लेखेको बताइएको छ ।

यसैबीच जोन निर्माता पनि बनेका छन् । उनले निर्माण गरेको फिल्म ‘विक्की डोनर’ यही अप्रिल २० मा रिलिज हुँदैछ । जुन फिल्म शुक्रकीट दान गर्ने विषयमा आधारित भएको बताइएको छ । जोनले आफ्नो फिल्मको प्रचार–प्रसारमा खुलेर शुक्रकीट दानका विषयमा आवाज उठाउँदै आएका छन् । उनले यस्तो विषयमा खुलेर कुराकानी हुनुपर्ने भन्दै सर्वसाधारणलाई जागरुक बनाई रहेको बताइएको छ ।

No comments:

Post a Comment