Tuesday, April 17, 2012

सलमानलाई चित्त बुझेन सोनाक्षीको जिउ

सलमानलाई चित्त बुझेन सोनाक्षीको जिउ
सोनाक्षी सिन्हाले सुपरहिट फिल्म दबंग बाट बलिउडमा आफ्नो करिअर सुरु गरेकी हुन् । निकै भद्दा जिउ भएकी सोनाक्षीले दबंगमा अभिनयका लागि उतिबेला आफ्नो तौल निकै घटाएकी थिइन् । सोनाक्षीको जिउ पहिले भन्दा अहिले निकै गठिलो तथा स्लिम बनिसकेको छ, तर पनि किन हो किन सलमान खानलाई भने सोनाक्षीको जिउ अझै चित्त बुझेको छैन ।

सोनाक्षीले अहिले सलमानसँगै दबंग २ को शूटिङ गरिरहेकी छिन् । अन्नदाता हिरो सलमान आफ्नो जिउप्रति असन्तुष्ट रहेको थाहा पाएकी सोनाक्षी अहिले पनि जिउलाई अझै स्लिम पार्न तथा तौल घटाउन मरिमेटेर लागेकी बताइएको छ ।

एजेन्सीहरुका अनुसार सलमान आफैले सोनाक्षीलाई वजन घटाउन सुझाव दिएका छन् । सलमानले भनेका छन्, ‘उनी खान्दानी परिवारकी हुन् त्यसैले मोटी छिन्, तर मैले उनलाई आफ्नो वजन कम गर्न भनेको छु र उनले मान्दै पनि आएकी छिन् ।’

सोनाक्षीको वजन चित्त नबुझेपनि एक्टिङ कला निखारिँदै गएकोमा भने सलमान मख्ख छन् । साँच्ची सलमान त सोनाक्षीको फिटनेश गुरु नै बनेका छन् । बलिउडमा अरु धेरै हिरोइनको जिउ पनि भद्दा नै छ । त्यसैले उनीहरुलाई पनि सलमानकै साथ चाहिए जस्तो छ ।

# अनलाइनखबर

No comments:

Post a Comment