Saturday, April 21, 2012

‘रागिनी एमएमएस २’मा पनि सन्नी


‘जिस्म २’ बाट बलिउडमा पाइला टेकेकी पोर्न स्टार सन्नी लिओनको माग दिनदिनै बढ्दो छ । अहिले छायांकनमा रहेको महेश भट्टको फिल्म ‘जिस्म २’ बाट सन्नी बलिउडमा एक राम्रो अभिनेत्रीका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ ।
तर, उनले अब अर्को फिल्ममा पनि अभियन गर्ने भएकी छिन् । एकता कपुरको प्रोडक्सन हाउस बालाजीले ‘रागिनी एमएमएस’को सीक्वल ‘रागिनी एमएमएस २’मा सन्नीलाई साइन गराएको भारतीय सञ्चार माध्यमहरुले बताएका छन् । बताइए अनुसार फिल्मको बजेट पहिलोभन्दा निकै बढी छ र फिल्मको कथा रियल लाइफ स्टोरीबाट प्ररित रहनेछ । निर्माण पक्षमा फिल्म मा सेक्स र सेक्सुआलिटीलाई नै जोड दिइएको बताएको छ । ‘जिस्म २’ को काम सकिएपछि ‘रागिनी एमएमएस २’को सुटिङ सुरु हुने एकता कपुरले बताएकी छिन् ।

No comments:

Post a Comment